उपसमितिका निर्णयहरु अनुमोदन

साउन ८,काठमाडौं– संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले तत्कालिन संवैधानिक समितिको विवाद समाधान उपसमितिका निर्णयलाई अनुमोदन गरेको छ । समितिको सचिबालय सिंहदरबारमा विहान बसेको बैठकमा उपसमितिले सहमति जुटाएका सबै विषयको स्वामित्व ग्रहण गरिएको समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए । उहाँले तत्कालीन संबैधानीक समितीले तल्लो सदनको नाम प्रतिनीधीसभा राख्ने र १८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार दिने सहमती अनुमोदन गरिएको बतए । बैठकमा यसअघि सहमति भैसकेका दुईवटा विषयमा भने सहमति जुट्न सकेन । नेकपा एमालेका कार्यबहाक अध्यक्ष बामदेव गौतमले राष्ट्रपति, उपराष्ट्रपतिको कार्यकाल नयाँ संबिधान जारी भएपछि अर्को निर्वाचन नहुँदासम्म कायम रहने भन्ने सहमती आफ्नो पार्टीलाई मान्य नहुने बताएका थिए  । गौतमले राष्ट्रपति र उपराष्ट्रपतिको म्याद संविधान जारी भएपछि तत्काल सकिनुपर्ने गरी व्यवस्था हुनुपर्ने माग गरे । यसअघि संक्रमणकालिन व्यवस्थामा अर्को व्यवस्था नभएसम्म राष्ट्रपति उपराष्ट्रपति कायम रहने सहमति दलहरुबिच सहमति भएको थियो । यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले मतदाताको उमेर १८ वर्ष हुनुपर्ने विषयमा सहमति भए पनि आजको बैठकमा विजुक्छेले १६ वर्षकालाई मताधिकार दिनुपर्ने अडान राखेका छन् । समितिले राज्य पुनर्संरचना गर्दा बनाईने प्रदेशका नाम, सीमा, आधार, अग्राधिकार लगायतका विषयमा सहमति जुटाउने तयारी गरेको छ । समितिको अर्को बैठक भोलि फेरि बस्ने  जनाईएको छ ।