इजराइली आक्रमण मानवता विरोधी : कलाकर्मी

साउन ८, काठमाडौ–इजराइलीले प्यालीस्टाइनीमाथि गरेको आक्रमण मानव अधिकार विरुद्ध भएको हिंसा भन्दै नेपालका साहित्यकार, कलाकार, रंगकर्मी र पत्रकार लगायतले विरोध जनाएका छन् ।
अनामनगर स्थित मण्डला थिएटरमा बिहिबार साहित्यकार खगेन्द्र संग्रौलाले त्यसको  सूरुमा हस्ताक्षर गरि विरोध गरे । उनले इजराइलले अस्पताल, स्कुल जस्ता सार्वजनिक स्थलमा द्धन्द्ध गरेकाले यसमा निर्दोष बालबालिका, महिला, बृद्धबृद्धा मारिएका छन् । जसले गर्दा यो अन्तराष्ट्रिय  जेनेभा सन्धी विरुद्धको अपराध हो । इजराइलले समेत मानव अधिकार विरुद्ध काम नगर्ने सहमति जनाएपनि व्यवहारमा भने परिवर्तन नआएको हस्ताक्षर पत्रमा उल्लेख छ ।
पत्रमा साहित्यकार, श्यामल, श्रवण मुकारुङ कलाकार सुशीन पोखरेल, दयाहांग राई, राजेन्द्र खतिवडा, पत्रकार दिपेन्द्र लामा लगायत ६० भन्दा धेरैले हस्ताक्षर गरे ।