साउन ८, काठमाडौं – मानव विकास सूचकांकमा नेपाल १ सय ४५ औं स्थानमा देखिएको छ । नेपाली जनताको जीवनस्तरमा केहि सुधार आई पहिला भन्दा १२ स्थानमाथि उक्लिएको हो । २०१३ मा नेपाल १५७ औं स्थानमा थियो ।संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले आज जापानको टोकियोमा सार्वजनिक गरेको मानव विकास प्रतिवेदन २०१४ मा यस्तो बिवरण देखिएको हो । शिक्षा, स्वास्थ्य एवं प्रतिव्यतmी आय लगायतका मानकहरुका आधारमा एनडीपीले विश्वका १८७ देशको मानव विकास सुचकांक सार्वजनिक गर्दै आएको छ । नेपाली जनताको जीवनस्तरमा केहि सुधार आउपनि नेपाल अझै न्यून विकसित मुलुकको सूचीमा भने छदैछ । न्यून विकसित मुलुकको शीर्ष स्थानमा रहेको नेपालको अंक ०।५४० छ । सार्क मुलुकमा श्रीलंका विकसित मुलुकको सूचीमा परेको छ भने माल्दिभ्स, भारत, भुटान र बंगलादेश मध्यम विकसित मुलुकको सूचीमा परेको उतm प्रतिबेदनमा उल्लेख छ । यस्तै अन्य देशहरुमा श्रीलंका ७३ औं स्थानमा छ भने माल्दिभ्स १०३ औं स्थानमा छ । भारत १३५ स्थानमा छ भने भुटान १३६ औं स्थानमा छ । बंंगलादेश १४२ औं स्थानमा छ । अफगानिस्तान एशियामा सबैभन्दा कमजोर अर्थात १६९ औं स्थानमा छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।