दलित अगुवाहरुमाथि लाठीचार्ज गर्दै पक्राउ

साउन ८, काठमाडौं – सरकारले हाले प्रस्तुत गरेको बजेटमा दलित सशतmीकरणका लागि कुनै कार्यक्रम नसमेटेको भन्दै सिंहदरवार अगाडी धर्नामा बसेका दलित अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । केहि दिन यता प्रत्येक दिन एकघण्टे धर्नाका लागि बिहान १० तिर सम्म हुने गरेका दलित अगुवाहरुलाई आज बिहान अनामनगरस्थित हुनमानस्थानबाट पक्राउ गरेको हो ।

धर्नाका लागि जम्मा हुदै गर्दा प्रहरीले उनीहरुमाथि लाठीचार्ज गर्दै तित्तरबितर पार्नुका साथै धर्नामा बसेका ८ जना दलित अगुवाहरुलाई पक्राउ गरेको संयुक्त दलित अधिकार मञ्चले जनाएको  छ ।सरकारको प्रस्तुत बजेट दलितमुखि नभएको र दलित समुदायलाई सशतmीकरणका लागि बजेटमा कुनै ब्यवस्था  नगरेको भन्दै दलितअधिकारकर्मीहरु सरकार दवाब दिन धर्नामा बस्दै आएका थिए ।

धर्नामा अधिकारकर्मी, दलित अगुवाहरु, विभिन्न पार्टिका दलित नेता, सामाजिक कार्यकर्ता सहित सयौ दलित अगुवाको सहभागिता रहदैं आएको थियो । धर्नाका लागि आज बिहान १० बज्नै लाग्दा २ सयबढी  दलित अगुवा भेला हुदै गर्दा प्रहरीले उनीहरुमाथि अन्धाधुन्द लाठीचार्ज गर्दै त्यहाबाट हटाएको छ । पक्राउ परेका दलित अगुवाहरुलाई अनामनगरस्थित प्रहरीवृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

आफ्ना जायज मागहरुलाई शान्तीपुर्बक राख्दा धर्नामा बसेका दलित अगुवाहरुलाई प्रहरीले अनाहकमा अमानविय ढंगले लाठीचार्ज गर्दै पक्राउ गरेको प्रति बिभिन्न दलित संघसस्था लगाएत बिभिन्न अधिकारकर्मीहरुले भत्र्सना गर्दै पक्राउ परेका दलित अगुवाहरुको तत्काल रिहाईको माग गरेका छन् ।