कार्यबाहक प्रम र राष्ट्रसङ्घका उपमहासचिव बीच भेटवार्ता

साउन ५ , काठमाडौँ  –

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव हेर्भी लाड्सौसबीच सोमबार  भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा तथा शान्ति स्थापना विभागका प्रमुख समेत रहेका लाड्सौसले मुलुकको समसामयिक राजनीतिक स्थितिका साथै राष्ट्रसङ्घीय शान्ति सेनामा नेपाली सैनिकहरूको योगदानबारे चासो ब्यक्त गरेका थिए  ।

भेटका क्रममा  उपप्रधानमन्त्री गौतमले राष्ट्रस¬ङ्घीय शान्ति मिसनमा नेपाली सेनाले प्रदर्शन गरेको कलाकौशल, बहादुरी एवम् व्यावसायिकताको कदर गर्दैै निर्णायक एवम् नीति निर्माणका स्थानमा पनि अवसर दिन अनुरोध गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले बताए ।

उपप्रधानमन्त्री गौतमले राष्ट्रस¬ङ्घीय शान्ति मिसनमा नेपाली सेनाले प्रदर्शन गरेको कलाकौशल, बहादुरी एवम् व्यावसायिकताको कदर गर्दैै निर्णायक एवम् नीति निर्माणका स्थानमा पनि अवसर दिन अनुरोध गर्नुभएको प्रवक्ता धितालले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री गौतमको अनुरोधप्रति उपमहासचिवले सकारात्मक जवाफ दिनुभएको जनाइएको छ । यसैबीच परराष्ट्रमन्त्रि महेन्द्रबहादुर पाण्डेसँग पनि उपमहासचिव लाड्सौसले भेटवार्ता गरेका छन् ।