आर्थिक विकासका लागि उद्योगीको भूमिका निर्णायक : राष्ट्रपति

साउन ५ , काठमाडौ –

राष्ट्रपति  रामवरण यादवले मुलुकको आर्थिक विकासका लागि उद्योगी व्यवसायीहरुको भूमिका महत्वपूर्ण  हुने बताएका छन् ।

विकासोन्मुख मुलुक भएकाले छिमेकी मुलुकबाट कच्चा पदार्थहरु ल्याउनु पर्ने बाध्यता रहेको भन्दै राष्ट्रपति यादवले नेपालमा रहेका प्राकृतिक स्रोत र साधानको भरपुर उपयोग गर्न ब्यबसायीलाई राज्यले जोड दिनु पर्ने बताए ।

शीतल निवासमा तुलसीपुर उद्योग बाणिज्य संघको प्रतिनिधि मण्डलसँग भएको भेटमा राष्ट्रपति यादवले चुरे क्षेत्रको विनास दिनहुँ फस्टाइरहेको भन्दै त्यसलाई सबै मिलेर रोक्नु पर्नेमा जोड दिएका छन् ।

तराईमा जंगल विनास तिब्र रुपमा बढेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले वन विनासको असर अहिले विस्तारै देखा पर्न थालेको बताए । यादवले उद्योगहरु स्थापना हुनु सकारात्मक रहेको भन्दै यसबाट उत्पन्न हुने प्रदुषण रोक्न राज्यले पहल गर्नु पर्ने बताए ।