चुनावमा भएको धाँधली बारे समितिमा छलफल

साउन ५, काठमाडौँ –
निर्वाचन अध्ययन अनुसन्धान सुझाव संसदीय विशेष समितिले दोस्रो संविधानसभामा भएको भनिएको धाँधलीको बारेमा अध्ययन सुरु गरेको छ । विशेष समितिको आजको बैठकमा गत मङ्सिर ४ गते भएको संविधानसभाको निर्वाचनसँग सम्बन्धित उजुरीका विषयमा छलफल भएको छ ।

एकीकृत माओवादी सहितका केही राजनीतिक दलले निर्वाचनमा धाँधली भएकोभन्दै छानबिनका लागि उच्चस्तरीय संसदीय समिति छानबिन गठन हुनुपर्ने मागअनुसार समिति गठन गरिएको थियो । बैठकमा निर्वाचनसँग जोडिएर परेका १० वटा उजुरीबारे सदस्यलाई जानकारी गराइएको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

उजुरीका बारेमा निर्वाचन आयोग, सुरक्षा निकाय, निर्वाचनमा भाग लिएका राजनीतिक दल र निर्वाचन पर्यवेक्षकसँग आगामी बैठकमा विस्तृत रूपमा जानकारी लिने निर्णय समितिले गरेको छ ।