संयुक्त राष्ट्रसङ्घका उपमहासचिव लाड्सौस आज नेपाल आउँदै

साउन ५, काठमाडौँ –
संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस दुईदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै छन् । नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको अवस्था बारे जानकारी लिने उद्देश्यले सरकारको निमन्त्रणामा उपमहासचिव लाड्सौस नेपाल आउन लागेको परराष्ट मन्त्रालयले जनाएको  छ  ।

भ्रमणका क्रममा उनले रााष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान मन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र प्रधानसेनापति गौरवशमशेर जबरासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल स्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज गर्ने ‘शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता’ विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा उपमहासचिव लाड्सौसले सम्बोधन गर्ने कार्यक्रम छ ।