एमाओवादीमा संगठनात्मक संरचनामा छलफल जारी

साउन ५, काठमाडौँ –

एकीकृत नेकपा माओवादीको स्थाई समिति बैठक अहिले बसिरहेको छ । एमाओवादीको पार्टी कार्यालय कोटेश्वर पेरिसषडाँडामा जारी बैठकमा संगठनात्मक संरचना निर्माण बारे छलफल भइरहेको  प्रबक्ता दिननाथ शर्माले जानकारी दिए ।

यस अघि हिजो बसेको बैठकमा महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सचिवहरुको टिमले तयार पारेको संगठनात्मक संरचना निर्माण बारेको प्रस्ताव पेस भएको थियो ।

हिजो बैठकमा प्रस्तावहरु स्थायी समिति सदस्यहरुलाई वितरण गरिएको र आज संगठनात्मक निर्णय सम्बन्धी टुंगो लगाईने मओवादीले जनाएको  छ । आजको बैठकमा केन्द्रीय सल्लाहकार समिति र केन्द्रीय परिषदलाई पूर्णता दिने विषयमा छलफल हुने छ ।