आतंककारी आक्रमणमा इजिप्टका २१ सैनिकको मृत्यु

साउन ५, काठमाडौ– दक्षिणी इजिप्टको लिबिया र सुडानसंग सिमा जोडिएको एक सैन्य क्याम्पमा भएको आतंककारी हमलामा २१ सुरक्षाकर्मी मारिएका छन् । इजिप्ट सेनाका प्रवक्ता मोहम्मद समीरका अनुसार अल–वादी अल गेदिद गभर्नोरेट स्थित चौकीमा आतंककारीहरुले हमला गरेका थिए । हमलामा केही आतंककारीहरुको पनि मृत्यु भएको सैन्य प्रवक्ता समीरले जनाएका छन् । आक्रमणकारीहरुले कुनै अत्याधुनिक हतियार प्रयोग नगरेको अधिकारीहरुको भनाई छ । इजिप्ट सरकारले यस सिमा सुरक्षामा खटिएका सैनिक मारिएपछि तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।