बिपी पुस्तकालयमा आगलागी–खुकुरी प्रहारबाट एक घाइते

साउन ४, काठमाडौँ  –

राजधानीको त्रिचन्द्र कलेज परिसरमा रहेको बिपी पुस्तकालयमा आइतबार आगलागी भएको छ । मध्यान्ह् पछि  लागेको आगो चारवटा दमकल र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको थियो । आगलागीबाट पुस्तकालयमा रहेका सबै कागजात तथा फर्निचर जलेर नस्ट भएको त्रिचन्द्र क्याम्पसका स्ववियु सभापती तथा नेपनल विद्यार्थी संघका इकाई अध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।

उक्त घटनाबारे महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक राजकुमार सिलवालले घटनाको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उक्त घटनाको अनुसन्धान भइरहेको र घटनामा एक जनाले कुटाइ खाएको र  उसमाथि खुकुरी प्रहार भएको तर कसले हान्यो भन्ने टुङ्गो नलागेको र  आक्रमणपछि आगलागी भएकाले सुक्षम अनुसन्धान भइरहेको बताएको  छ ।

आगलागीको स्वतन्त्र पुष्टि नभए पनि त्रिचन्द्र कलेज, अनेरास्ववियुले नेविसङ्घले आक्रमणपछि आगजनी गरेको आरोप लगाएको छ भने नेपाल विद्यार्थी संघले अनेरास्ववियुले आगजनी गरेको आरोप लगाएको  छ । अनेरास्ववियुका अनुसार क्याम्पस कमिटी सदस्य प्रेम केसीमाथि दुईजनाको समूहले खुकुरी प्रहार गरेको र उनको टाउको तथा  हातमा चोट लागेकाले  बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । तथापि अनेरास्ववियुले त्यसको अस्वीकार गरेको छ ।

घटनास्थलबाट प्रहरीले दुई थान खुकुरी बरामद गरेको छ भने सिसी क्यामेराको फुटेज पनि लिएको जनाइएको छ । २०५६ सालमा स्थापना भएको बिपी पुस्तकालय २०५८ सालमा पुनः निर्माण गरिएको थियो ।     यसैबीच नेपाल विद्यार्थी सङ्घ, त्रिचन्द्र बहुमुखी क्याम्पस इकाईले आज भएको उक्त घटनामा नेविसङ्घको कुनै संलग्नता नभएको उपसभापति पौडेलले दाबी गरे ।