माघ ८ पछिको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली

साउन ३, काठमाडौ –आगामि माघ ८ गते भित्र संविधान जारी हुने र त्यस पछि नव निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने कृषि मन्त्री हरिप्रसाद पराजुलीले वाताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै उहाले यस पटक सरकारले कुषकलाई लक्षित गरि बजेटको ब्यवस्था गरेको दावी गर्दै मुलुकमा अव कृषि क्रान्ति हुने दावी गर्नुभयो ।
साक्षात्कारमा मन्त्री पराजुलीले वजेटको कार्वान्वयन भए यो बजेटवाट कृषि क्रान्ति सम्पन्न गर्नका लागि कोशेढुँगा सावित हुने वताउनु भयो ।
पराजुलीले कृषिको विकासका लागि आधुनिकिकरण र यान्त्रिकरणको पहुँच सवै किसानमा पुर्‍याउने तर्फ आफु लागेको वाताउनु भयो ।
किसान परिचय पत्र बनाएर बास्तविक किसानलाई अनुदान र ब्याज छुट दिने, सिमान्तकृत जातीलाई विशेष अनुदान, आधुनिकिकरण र यान्त्रिकरणको लागि भन्सारमा छुट दिने लगायतका ब्यवस्था गरेको उल्लेख गर्दै मन्त्री पराजुलीले यसले कृषि क्रान्ति ल्याउने दावी गर्नुभयो ।