सिरियामा धार्मिक कट्टरपन्थीद्धारा १ सय को हत्या

साउन २, काठमाडौँ –

सिरियाको होम प्रान्तमा ग्यासको खानी कब्जा गर्ने क्रममा करिब १ सय जना सिरियाली शासकतर्फका लडाकू मारिएका  मानवअधिकारवादी समूहले जनाएको छ ।

राष्ट्रिय प्रतिरक्षा बल सदस्यहरु र सुरक्षा अधिकारहरुले सिरियाको होमस् प्रान्तमा साआरा ग्यास खानी कब्जा गर्ने  क्रममा जिहादि धार्मिक कट्टरपन्थीद्धारा भएको आक्रमणमा ९० जनाको मृत्यु भएको हो ।

मारिनेहरुमा २५ जना सर्वसाधारण कामदार रहेका रामीले एएफपी समाचार समितिलाई बताएका छन् ।

यस आक्रमणको रामीले निन्दा गरेका छन् ।