प्रधानमन्त्री कोईरालाको थप स्वास्थ्य परिक्षण गरिने

साउन  ३, काठमाडौ– प्रधानमन्त्री सुशील कोईरालाको थप स्वास्थ्य परीक्षण गरीने भएको छ । चिकित्सकहरुको सल्लाह अनुसार कोइरालालाई नेपाल आउने तयारीमा रहेकाले आउनु अघि शनिबार अन्तिम स्वस्थ्य परीक्षण गर्न लागीएको हो । त्यहांको समय अनुसार सोमबार नेपाल फर्कने भएपछि चिकित्सकहरुले कोइरालाका लागि आवश्यक सल्लाह र औषधीका बिषयमा पनि जानकारी गराउने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाको फोक्सोमा सेतो दाग देखिएपछि असार २ गते उपचारका लागि अमेरिका गएका थिए । कोइरालालाई रेडिोयोथेरापी प्रबिधिबाट उपचार गरीएको हो । फोक्सोको अप्रेसन स्वाप्रस्वासमा समस्या आउने भन्दै चिकित्सकहरुले रेडियोथेरापी मार्फत उपचार गरेका हुन् । प्रधानमन्त्री कोइरालालाई फलोअपका लागि तीन महिना पछि पुन अमेरीका जानुपर्ने छ ।