जर्मनीका कप्तान ल्हामद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

साउन २, काठमाडौँ –

बर्ष २०१४को विश्वकप फुटबलको उपाधि विजेता राष्ट जर्मनीका  कप्तान फिलिप ल्हामले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ल्हामले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेपनि उनले घरेलु  क्लबबाट भने  फुटबल खेल्ने बताइएको  छ ।

जर्मन फुटबल संघले ३० वर्षे ल्हामले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको पुष्टि गरेको छ । संघका अध्यक्ष वल्फग्याङ नेर्सबुचका अनुसार ल्हामले उनलाई शुक्रबार बिहान भेटेर सन्यासको निर्णयबारे सुनाएका थिए ।

ल्हामलाई सन्यासको निर्णयमा पुनर्विचार गर्न लगाउनुको कुनै औचित्य नभएको र आफूले प्रयास नगरेको नेर्सबुचको भनाई छ । सन् २००४ मा क्रोएशियाविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय करिअर सुरु गरेका ल्हामले विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध अन्तिम खेलका हुन्  ।