साउन २, दार्चुला –
गोकुलेश्वर–दार्चुला खण्डअन्तर्गतको ग्वानीमा लगातार पहिरो खसिरहेका कारण सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा दुई दर्जनभन्दा बढी सवारी साधन बीच बाटोमा रोकिएका छन् ।
सडक अवरुद्ध हँुदा लामो तथा छोटो दूरीको यातायातसमेत प्रभावित बनेका छन् ।
अहिले डोजर ल्याएर बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।