बेलायतमा ट्विटरबाटै मन्त्रीमण्डल फेरबदल

साउन १ , काठमाडौँ –

सामाजिक सञ्जालको प्रयोग पछिल्लो समय बढेको छ । विभिन्न देशमा उच्च ओहोदामा रहेका व्यक्तिले पनि सामाजिक सञ्चालमा समय खर्चन थालेका छन् , तर सामाजिक सञ्जाल ट्विटरबाटै कुनै पनि देशको आधिकारिक घोष्णा सार्वजनिक भएको छ भन्दा पत्यार नलाग्न सक्छ ।

तर, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले मंगलबार ट्विट गर्दै आफ्नो मन्त्रिमण्डलमा परिवर्तन आउने बताएका छन् । उनले पहिलो ट्विटरमा आफ्नो मन्त्रिमण्डलमा व्यापक परिवर्तन आउने बताए । त्यसपछि उनले मन्त्रिमण्डलकै विषयमा लगातार ट्विट गरिरहे । ती सबै ट्विटमा उनले नयाँ मन्त्रिमण्डलबारे जानकारी दिए ।

क्यामरुनका दुर्ईवटा आधिकारिक ट्विटर खाता छन् । ती दुवै ट्विटर एकाउन्टमा उनका करिब ३४ लाख फलोअर छन् । बेलायतको संसद् हाउस अफ कमन्सका ६ सय ५० सदस्यमध्ये ४ सय ६१ सदस्य ट्विटरमा सक्रिय छन् । उनीहरु सबैले प्रधानमन्त्री डेभिड क्यामरुनलाई फ्लो पनि गरेका छन् ।

बेलायती प्रधानमन्त्रीले ट्विटरबाट मन्त्रिमण्डलमा भएको फेरबदलबारे जानकारी दिएको पहिलोपटक भने होइन । सन् २०१२ मा भएको फेरबदलमा पनि बेलायती प्रधानमन्त्री क्यामरुनले ट्विटरमा आंशिक जानकारी सार्वजनिक गरेका थिए । एजेन्सीको सहयोगमा ।