मन्त्री पौडेलविरुद्ध लामाद्वारा अर्को मुद्दा दायर

साउन १ , काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले एसियाली खेलकुद लागि तयारी समिति गठन गरेकोमा विरोधमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलमाथि अर्को मुद्दा दायर गरेका छन् ।

नेकपा एमालेका तर्फबाट मन्त्रालयको नेतृत्व लिएका मन्त्री पौडेलरुविद्ध लामाले दायर गरेको यो चौथो मुद्दा हो । पहिलो मुद्धा आफै पदमा रहिरहन दर्ता गराएका लामाले पौडेलविरुद्ध अदालतको मानहानी मुद्दा पनि हालेका थिए ।आजको नागरिक दैनिकले समाचार छापेको छ ।

दुई फरक राजनीतिक दलका प्रतिनिधि नेपाली खेलकुदको दुई महत्वपूर्ण निकायको नेतृत्वमा रहँदा द्वन्द्वका कारण मन्त्री पौडेलले यसै महिनाको पूर्वार्द्धमा टेन्डी शेर्पाको संयोजकत्वमा १५ सदस्यीय एसियाली खेलकुद तयारी समिति गठन गरेका थिए ।  त्यसअघि असार १५ मा नेपाल ओलम्पिक कमिटीका सह९महासचिव रहेका बास्केटबल संघका अध्यक्ष शेर्पालाई परिषदको उपाध्यक्षमा नियुक्त गरिएको थियो ।

एसियाली खेलकुदको १७ औँ संस्करण सेप्टेम्बरमा दक्षिण कोरियाको इन्चेनमा हुनेछ । लामाले समिति गठन परिषदको ऐन र कार्यविधि विपरीत भएको भन्दै सर्वोच्चमा बुधबार रिट निवेदन दायर गरेका हुन् ।