रुसमा रेल दुर्घटना, २१ जनाको मृत्यु

असार ३२, काठमाडौ–  रुसको राजधानी मस्कोमा भएको मेट्रो रेल दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । हिजो भएको दुर्घटनामा ५० भन्दा बढि व्यक्ती गम्भीर घाईते भएको त्यहााको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साल्भिनास्की बौलेभार्ड र पार्क पोबिडी क्षेत्रका बिच भागमा कुदिरहेको मेट्रो रेल लिगबाट उछिट्टिएको अधिकारीहरुले जनाएका छन् । करिब ११ सय यात्रु सवार रेल दुर्घटनाबारे अनुसन्धान भैरहेको बताईएको छ ।