असार ३२, काठमाडौ– इजरायल र प्यालेष्टाईनबिच जारी द्वन्द्व अन्त्यका लागि अन्तराष्ट्रिय जगतबाट पहल भैरहेका बेला इजरायलले भने पूर्वी र उत्तरी गाजा क्षेत्रका हजारौं बासिन्दालाई शहर छोडेर सुरक्षित स्थान तर्फ लाग्न आदेश दिएको छ । इजरायलले बिद्रोही संगठन हमासबिरुद्ध कार्वाही कडा पार्न लागिएको बताउादै स्थानीयलाई घर छोड्न निर्देशन दिएको हो । मंगलबार मात्रै इजिप्टले युद्धबिराम गरी राजनीतिक सहमति खोज्न दुई पक्षलाई आग्रहसहित चिठ्ठी पठाएको थियो । प्यालेष्टाइनका अधिकारीहरुले आाफुहरु पनि राजनीतिक समाधान खोज्न तयार रहेको यद्यपी एक तर्फी रुपमा युद्ध नरोक्ने प्रतिक्रिया पठाएको बिबिसीले जनाएको छ । इजरायलले हमासले रकेट आक्रमण रोके आाफुले हवाई आक्रमण रोक्ने जनाएको छ । विश्भरबाट युद्ध रोक्न दबाब आएपनि आज बिहानैबाट दुबै पक्षले आक्रमण तिब्र पारेका छन् ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
