आठ विद्यार्थी सङ्गठनद्धारा शुल्क वृद्धिको विरोध

असार ३१, झापा –

शुल्क वृद्धिको विरोध गर्दै आठ विद्यार्थी सङ्गठनहरुले झापाको दमक बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

 शुल्क वृद्धिको विरोध गर्दै चरणबद्ध आन्दोलनमा रहेका विद्यार्थी सङ्गठनहरुले आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कक्षा ११ र १२ को मासिक शुल्कमा गरिएको सतप्रतिशत वृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी सङ्गठन आन्दोलित बनेका हुन् ।

यसअघि विद्यार्थी सङ्गठनहरुले ज्ञापनपत्र बुझाएर शुल्क वृद्धि फिर्ता लिन माग गरेका थिए ।