नेपाल ओलीभन्दा ३ मतले अगाडि (अपडेट)

असार ३१, काठमाडौं –

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणामअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली माधवकुमार नेपालभन्दा ३ मतले पछि परेका छन् । यसबारे एमालेको केन्द्रीय निर्वाचन औपचारिक घोषणा भने गरेको छैन । आयोगले मतपरिणामको औपचारिक जानकारी २४ घन्टासम्म नगराउँदा अन्योल उत्पन्न भएको छ ।

आयोगले हिजो ६ घन्टासम्म औपचारिक जानकारी नदिने जनाएको थियो । यसअघि  हिजो दोस्रो दिन नेपाल ‌४७ मतले अघि थिए । सोमबार बेलुकी १० बजे स्थगित भएको मतगणना मंगलबार बिहान ९ बजेपछि सुरु गरिएको एमालेको निर्वाचन आयोगले जनाएको छ । सोमबार बेलुकीसम्म मेचीदेखि नारायणीसम्मका अञ्चल, जनवर्गीय संगठन, मोर्चा तथा केन्द्रीय कमिटीको गणना सकिएको छ ।

मंगलबार बिहानदेखि गण्डकी, धौलागिरी, लुम्बिनी, राप्ती, भेरी, सेती, कर्णाली, महाकाली र प्रवासको मत गणना भइरहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म झण्डै १५ सय मत गणना भइसकेको छ भने करिब साढे ६ सय मत गन्न बाँकी छ । आज रातीसम्ममा अन्तिम परिणाम आइसक्ने नेताहरुले बताएका छन् ।

पदाधिकारी सहित १ सय ५८ सदस्यका लागि ३ सय ३५ जना चुनावी प्रतिस्पर्धामा छन् । चुनावी प्रतिस्पर्धामा माधवकुमार नेपाल र केपी शर्मा ओलीको अलग अलग प्यानल छ भने १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २ हजार १ सय ७६ जना प्रतिनिधिमध्ये २ हजार १ सय ५२ जनाले मतदान गरेका थिए ।

मतगणनास्थलबाट केपी वली निकट केन्द्रिय सदस्य विकाश लम्सालका अनुसार अहिलेसम्मको मगणनामा नेपाल ७३७, ओलीको ७३४ मत छ ।

उपाध्यक्ष
भीम रावल ७७४
लालबाबु पण्डित ७१४
अष्टलक्ष्मी शाक्य ७३९
राजेन्द्र पाण्डे ७१९
युवराज ज्ञवाली ७३८
वामदेव गौतम ७३१
विद्या भण्डारी ७३९
प्रदीप नेपाल ७३५
किरण गुरुङ ६४९
धर्मनाथ शाह ६०८

महासचिव
सुरेन्द्र पाण्डे ७२६
ईश्वर पोखरेल ६६८
उपमहासचिव
विष्णु पौडेल ७०५
शंकर पोखरेल ६६८
घनश्याम भुसाल ७६८
रघुजी पन्त ६००

सचिव
प्रदीप ज्ञवाली ७२०
पृथ्वीसुब्बा गुरुङ ६८९
विष्णु रिमाल ६४६
रघुवीर महासेठ ६९४
केशवलाल श्रेष्ठ ५८३
योगेश भट्टराई ५५७
गोकर्ण विष्ट ८७५
वेदुराम भुसाल ६९१
भीम आचार्य ७२७
परशुराम मेघी गुरुङ ७२२