तेह्र दिनपछि उड्यो निगमको जहाज

असार ३१ , विराटनगर –

विराटनगर विमानस्थलमा चिलसँग ठोक्किएर ग्राउन्डेड भएको नेपाल एयरलाइन्सको एमए ६० विमान १३ औं दिनपछि उडेको छ ।

मर्मत भई उडानयोग्य भएपछि सोमबार एमए ६० ले विराटनगरबाट काठमाडौं उडान गरेको छ । अवतरणका क्रममा विराटनगर विमानस्थलको रन वेमा गुड्दै गर्दा विमानको दायाँ पंखामा चिल ठोक्किएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

स्क्र्याच लागेको पंखाको ब्लेड हटाएर चीनबाट ल्याइएको नयाँ फेर्ने काम आइतबार सम्पन्न भएपछि सोमबारबाट उडान थालिएको हो ।  चिलसँग ठोक्किन पुगेपछि सबै उडान रद्ध भएका थिए । सोमबार बिहान ११ बजेर १५ बजेको उडान तालिका अनुसार काठमाडौं गएको विमानमा २३ जना यात्रु सवार रहेको नेपाल एअरलाइन्सका पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख हिमाल गौतमले जानकारी दिए ।

गत असार ११ गतेबाछ उडान सुरु गरेको विमान विराटनगर विमानस्थलमा चिलसँग ठाक्किएर ग्राउन्डेड भएको थियो ।