बजेटप्रति सत्तारुढ दलका नेता नै असन्तुष्ट

असार ३०, काठमाडौँ –
सरकारले ल्याएको आर्थिक वर्ष २०७१र७२ बजेटप्रति विपक्षी र सत्तारुढ दलकै शीर्ष नेताहरुले आलोचना गरेका छन् । सरकारले आगामी आवका लागि ल्याएको बजेट परम्परागत भएको भन्दै सत्ता साझेदार दल एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य विपक्षी दलका नेताले आलोचना गरेका छन् ।

अर्थमन्त्री डा। रामशरण महतले व्यवस्थापिका संसदमा बजेट टेबुल गरिसकेपछि प्रतिक्रिया दिँदै एमालेका बरिष्ठ नेता नेपालले भने,’यो बजेट जनताले आशा गरे अनुसार नभएको र धेरै त्रुटी र कमजोरी भएको पाएँ ।’ आजको राजधानी दैनिकले समाचार छापेको छ ।

उनले राष्ट्रिय महत्व र गौरव बोकेका रणनीतिक र दीर्घकालिन रुपमा समेत रहेका कार्यकर्तालाई बजेट उपेक्षा गरेको टिप्पणी गरे । ‘भोलि हुने संघीयतालाई सम्बोधन गर्ने गरी भौगोलिक रुपमा समानुपातिक ढंगले बजेट वितरण भएको छैन, नेपालले भने,’मध्यपहाडी लोकमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, कृषि र पर्यटनलाई प्राथमिकितामा नराखी बजेट गौण विसेको छ ।’

उनले ठूला जलविद्युत योजनाको लुकरा धेरै गरिएपनि साना जलविद्युतको बारेमा गौण रहेको तथा सडक यातायातको सञ्जाल निर्माणलाई प्राथमिकता नदिएको र युवाका ठोस योजना नआएको बताए ।