नेकपा-माओवादीको विशेष महाधिवेशनका लागि छुट्टै दस्तावेज

असार ३०, काठमाडौँ ।

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्रविक्रम चन्द विप्लवको फरक फरक दस्तावेज पेस भएपछि सुरु माओवादी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनका लागि छुट्टै दस्तावेज पेस भएको छ ।

दई नेताको दस्तावेजमा सहमति खोज्न गरिएको प्रयास असफल भएपछि अध्यक्ष बैद्यले शनिवारको केन्द्रीय समिति बैठकमा छुट्टै प्रस्तावसहितको दस्ताबेज पेस गरेका थिए । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

दुई सातादेखि जारी माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष किरण र सचिव चन्दको दस्तावेजमा सहमति हुन नसकेपछि शनिवारको बैठकमा एक वर्षभित्र विशेष महाधिवेशन तयारी गरी दस्तावेज आएको छ ।

वैद्यले आइतबार केन्द्रीय समिति बैठकमा दस्तावेज प्रस्तुत गदै पार्टीको कार्यदिशामा अडिग रहने गरी नयाँ दस्तावेज पेस गरेका थिए । वैद्यको दस्तावेजमा आइतवार पूर्ण केन्द्रीय समितिमा छलफल सुरु गरेका थिए । केन्द्रीय सदस्यले उनको विशेष महाधिवेशन गर्ने दस्तावेजमा आफ्ना विचार राखिरहेका छन् ।