खेलकुल मन्त्रीलाई रङ्गशाला प्रवेशमा रोक, खेलकुद परिषद्को काम प्रभावित

असार २९, काठमाडौँ –

खेलकुद मन्त्री पुरुषोत्तम पौैैडल दशरथ रङ्गशालामा प्रवेश नपाएपछि खालि हात फर्किएका छन् । नियमित कामकाजमा रङ्गशाला पुगेका मन्त्री पौडेललाई  नेकपा एमालेको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना सुरु भएका कारण रङ्गशालामा प्रवेश निशेष गरिएको हो ।

दशरथ रङ्गशालालाई मतगणनास्थल बनाइएका कारण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को काम प्रभावित भएको छ । परिषद्का कुनैपनि कर्मचारीलाई कार्यालय प्रवेश गर्न दिइएको छैन । नियमित कार्यालय आएका कर्मचारीहरुभित्र छिर्न नपाएपछि अन्योलमा परेका छन् । परिषद्मा करिब २०० कर्मचारी कार्यरत छन् ।

परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पाले महत्वपूर्ण शाखाका कर्मचारीलाई प्रवेशपत्र बनाएर छिराउन एमाले निर्वाचन आयोगसँग समझदारी भएको बताए । मतगणनास्थलमा पदाधिकारीका उम्मेदवार र गणकलाई मात्र प्रवेश दिइएको छ ।