विश्वकप फुटबलको उपाधिकाको लागी अर्जेन्टीना र जर्मनीबिच बिच आज राती छिनोफानो हुदै

असार २९, काठमाडौँ –

विश्वकपको उपाधिका लागि आज राती अर्जेन्टिना र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । फुटबलको यो महाकुम्भ मेलाको आज राती १२ ४५   बजे  ब्राजिलको रियो द जेनेरियोको मराकाना स्टेडियममा दई देश बिच उपाधिका लागी छिनोफानो हुन लागेको हो ।

तीन पटकको विश्वकप विजेता जर्मनी र दुई पटकको विश्वकप विजेता अर्जेन्टिना उपाधिका लागि तेस्रो पटक भिड्न लागेका हुन् । यसअघिका दुई विश्वकप अन्तिम भिडन्तमा परेका दुवै टोलीले एक एक खेलमा उपाधि जितेका थिए । अर्जेन्टिना यस पटकको विश्वकप जित्दै ह्याट्रिक गर्ने दाउमा छ भने जर्मनी चौथो पटक उपाधि जित्दै इटालीसँग बराबरी गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । यसअघिको विश्वकपमा इटालीले चार पटक उपाधि हासिल गरेको छ ।

विश्वकपको अहिलेसम्मको १९ संस्करणमध्ये युरोपले १० पटक र दक्षिण अमेरिकाले ९ पटक जितेका छन् । यस पटक अर्जेन्टिनाले जितेमा दक्षिण अमेरिकाले विश्वकप उपाधिमा युरोपसँग बराबरी गर्नेछ । जर्मनीले सन् १९५४, १९७४ र १९९० गरी तीन पटक र अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकपको उपाधि जितेको छ । यी दुई टिमबीच विश्वकप फुटवलको फाइनलमा हुन लागेको यो तेश्रो भेट हो ।

सन् १९८६ मा अर्जेन्टिनाले जर्मनीलाई हराएर उपाधि जितेको थियो भने सन् १९९० को मा अर्जेन्टिनालाई हराएर जर्मनीले उपाधि जितेको थियो । यसअघि सन् २०१० को क्वार्टरफाइनलमा यी दुईबीच भएको खेलमा जर्मनी ४–० ले विजयी भएको थियो ।
दुवै टोली २४ वर्षको लामो अन्तरालपछि अन्तिम खेलमा आमनेसामने हुन लागेका छन् । जारी प्रतियोगिताको सेमिफाइनल खेलमा जर्मनीले ब्राजिललाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै अन्तिमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने अर्जेन्टिनाले नेदरल्यान्डसलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै अन्तिममा जर्मनीसगँको भेट पक्का गरेको हो ।