आज बजेट आउदै, कर्मचारीको तलब बढ्ने

असार २९, काठमाडौ–आज सरकारले आर्थिक वर्ष २०७१/७२ को वार्षिक बजेट व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ ।
आर्थिक वर्ष २०७१/७२ को वार्षिक बजेट दिउसो ४ वजे वस्ने व्यवस्थापिका संसद्को बैठकमा अर्थमन्त्री डा. रामशरण महतले पेश गर्नुहुने छ । हरेक निर्वाचन क्षेत्रका लागि विकास कार्यक्रम र केही ठूला पूर्वाधार परियोजना आन्तरिक स्रोतबाटै बनाउने लक्ष्यसहित  सवा ६ खर्ब १८ अर्ब रुपैया वरावरको बजेट प्रस्तुत हुादैछ ।
सभासद्हरुले पाच करोड माग गर्दै संसद र बाहिरबाट पनि दबाब दिइरहेका छन् । यसैवीच अर्थमन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा त्यही रकम बराबर विकास कार्यक्रम लैजान लागेको छ ।
राष्ट्रिय योजना आयोगले ५ खर्ब ९५ अर्बको बजेट सीमा (सिलिङ) तोकेपनि सभासद्हरुको दबाबका कारण बजेटको आकार बढ्ने भएको हो । बजेटमा कर्मचारीको तलबसमेत बढाउने तयारी गरिएको छ ।