एमालको मतगणना सुरु हुँदै, परिणाम सुन्न रङ्गशाला बाहिर कार्यकर्ताको भीड

असार २९, काठमाडौँ ।

नेकपा एमालेको अस्ति सम्पन्न  महाधिवेशनको  निर्वाचनको मतगणना आजबाट हुँदैछ । मतगणना केही बेरपछि दशरत रंगशालामा सुरु गरिने निर्वाचन अधिकृत सोमनाथ प्यासीले जानकारी दिए ।  अध्यक्षका प्रत्यासीहरू माधवकुमार नेपाल र केपी शर्मा ओली समूहका प्रतिनिधि र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीबीच मगणनाको विधि, आचारसंहिता र स्थानबारे छलफल लम्बिएपछि हिजो हुन नसकेको केन्दिैय सदस्य विकास लम्सालले जानकारी दिए ।

मतगणनामा पदाधिकारीको परिणाम बेलुकासम्म र अन्यको भोलि रातीसम्म आउने निर्वाचन आयोगले जनाएको छ ।  मतगणनाका लागि १२ वटा ठाउँ छुट्याइएको छ । ती मध्ये १० ठाउँमा अन्यको र २ ठाउँमा पदाधिकारीको मतगणना हुनेछ । २ हजार १ सय ७६ जना प्रतिनीधि मध्ये २२ जना मतदानमा अनुपस्थित रहेका थिए ।

मतगणना हर्ने र परिणाम सुन्न काठमाण्डुको त्रिपुरेश्वरस्थित रङ्गशाला बाहिर प्रतिनिधि र कार्यकर्ताको भीड लागि सकेको छ । नयाँ विधानअनुसार १४ पदाधिकारीसहित केन्द्रीय कमिटी एकसय ५९ हुने प्रावधानअनुसार प्यानल घोषणा गरिएको छ । मतगणना स्थलमा सिसिटिभी जडान गरिएको छ ।