एमाले महाधिवेशनमा आज नया नेतृत्वचयनको लागि निर्वाचन हुने

असार २७, काठमाडौँ –

नेकपा एमालेको जारी नवौंँ महाधिवेशनमा नयाँ नेतृत्वको चयनकोलागि आज निर्वाचन हुदैछ । भावी अध्यक्षका लागी बरिष्ठ नेता माधव कुमार नेपाल र संसदिय दलका नेता केपि शर्मा ओली चुनावी मैदानमा छन् ।  नेतृत्वका लागी मतदान प्रक्रिया बिहान ११ बजेदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ भएका कारण ८ बजे शुरु गर्ने भनिएको मतदान ११ बजेको लागि सरेको निर्वाचन आयोगका सोमनाथ प्यासीले  जानकारी दिए  । एमालेको यो महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव चयन हुनेछन् । ती पदहरुमा दुई प्यानलबाट २८ जनाको उमेदवारी परेको छ । त्यस्तै एकसय १५ पूर्णसहित एकसय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि झण्डै साढे चारसय जनाको उमेदवारी परेको छ ।  नेपाल पक्षले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित, राजेन्द्रप्रसाद पाण्डे र महासचिवमा सुरेन्द्र पाण्डेलाई उठाएको छ ।

उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल हुनुहुन्छ । सचिवमा गोकर्ण बिष्ट, योगेश भट्टराई, परशुराम मेघी गुरुङ, भीम आचार्य र बेदुराम भुसालको नाम घोषणा गरिएको छ ।केपी ओलीको समूहबाट उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद साह, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल हुनुहुन्छ ।

त्यस्तै  ओली पक्षको सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ हुनुहुन्छ । एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिब, दुई उपमहासचिब र पाँच सचिब सहित १८ पदाधिकारीकोलागि २८ जनाको उमेदवारी परेको छ । १सय १५ पुर्ण सहित १ सय ५९ सदस्यिय केन्द्रीय कमिटिकोलागि ४ सय १५ जनाको उमेदवारी परेको छ ।  नेता नेपाल र ओलीको प्यानल बाहेक अन्य १५ जनाले स्वतन्त्र रुपमा उमेदवारी दिएका छन् ।