भुक्तानी नपाएपछि घन्टाघर बन्द गर्ने चेतावनी

असार २७, वीरगञ्ज –

नेपाल टेलिकमले घडी बनाउने ठेकदारलाई भुक्तानी नदिएपछि वीरगञ्जस्थित घन्टाघरको घडी चल्न रोक्ने चेतावनी दिएको छ ।

घडी चलाउने जिम्मेवारी लिएको नेपाल टेलिकमले टेन्डरमार्फत सबै प्रक्रिया पूरा गरी नयाँ प्रक्रिया अगाडि बढाएर सञ्चालनमा ल्याएको यहाँको घडी टेलिकमले ठेकदारलाई भुक्तानी नदिएपछि बन्द हुने अवस्थामा आएको हो । आजको राजधानी दैनिकले समाचार छापेको छ ।

वीरगञ्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको वीरेन्द्र प्रभाव घडी बनाउने र बडीजडित घर घन्टाघर रेखदेख गर्ने जिम्मा नेपाल टेलिकमले पाएपछि टेन्डरमार्फत कन्सिस्टेन्ट नेपाल प्रालिले घडी खरिद गरी सञ्चालनमा ल्याएको हो ।तर भुक्तानीकै कारण बन्द गर्नु पर्ने अवस्था आएको ठेकेदार कम्पनी कन्सिस्टेन्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक हृदयराज गौतमले वताए । शुक्रवार बेलुका ५ बजेसम्म भुक्तानी नपाए साँझ ६ बजेदेखि घडीको अलार्म बन्द गर्ने, २८ असारमा साँझ ६ बजेदेखि एउटा मोहडाको घडीको समय बन्द र ३२ असारसम्म पनि भुक्तानी नपाए घडी फुकालेर लाने कन्सिस्टेन्ट नेपाल प्रालिका निर्देशक गौतमले वताए ।