भावी रणनीति तय गर्न एमाओवादी बैठक

असार २७, काठमाडौँ –

एकीकृत माओवादी स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ  । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा जारी बैठकमा  पहिलो चरणको कार्यकर्ता प्रशिक्षण कार्यक्रम, दोस्रो चरणको कार्यक्रम कुन रुपमा सन्चालन गर्ने, बरिष्ठ नेता भट्टराई पक्षले विभिन्न जिल्लामा समानान्तर कमिटि गठन गरेको लगायत विषयमा छलफल भइरहेको प्रचण्डको नीजि सचिवालयले जनाएको  छ  ।

बैठकमा पार्टीले संबिधान सभाभित्र र बाहिरका दलसँग गरेको मोर्चाबन्दीलाई कसरी सक्रिय बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको  छ । यसअघि बसेको बैठकमा बोल्ने सदस्यहरुले पार्टी हित बिपरित समानान्तर कमिटि गठन गर्नेलाई कारबाहि गर्नुपर्ने माग गरेका थिए ।