धनी र गरिबबीचको खाडल झन् गहिरो

असार २७ , काठमाडौं  –

नेपालीको प्रतिव्यक्ति वाषिर्क आम्दानी ७१ हजार तीन् सय पाँच रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा प्रतिव्यक्ति आय ६२ हजार ६ सय ७७ रुपैयाँ थियो । एक वर्षमा प्रतिव्यक्ति आम्दानी आठ हजार ६ सय २८ रुपैयाँ बढेको हो । यो बृद्धि १३ दशमलब ८ प्रतिशत हो ।

अमेरिकी डलरमा हिसाव गर्दा प्रतिव्यक्ति आय सात सय १७ हुन अउाँछ । समग्मा आम्दानीको यो बृद्धिदर मूल्य बृद्धिभन्दा बढी हो । मूल्य बृद्धिदर ८ दशमलब ९ प्रतिशतको हाराहारीमा छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

व्यवस्थापिका संसदमा बिहीवार आर्थिक सर्वेक्षण टेबुल गर्दै अर्थमन्त्री डा। रामशरण महतले प्रतिव्यक्ती आय बढेको जानकारी दिए । मुलुको कुल राष्ट्रिय आय १९ खर्ब ६६ अर्ब ७० करोड पुगेको छ । गत आर्थिक वर्षमा अर्थतन्त्रको आकार १७ खर्ब पाँ अर्ब ७० करोड रुपैयाँ थियो । यो तथ्यांकले सम्र अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको संकेत गर्छ । अर्थतन्त्रको सम्रग आकार र प्रतिव्यक्ति आय बढेपनि धनी र गरिववीचको खाँडल भने अझै गहिरो छ ।

मुलुकमा गरिबीको रेखामूनि रहेको जनसंख्या २३ दशमलब ८ प्रतिशत छ । सर्वेक्षणले चालू आर्थिक वर्षमा आर्थिक बृद्धिदर ५ दशमलब २ प्रतिशत हासिल भएको देखाएको छ । गत वर्ष आर्थिक बृद्धि ३ दशमलब ५ प्रतिशतमा सीमित थियो ।