एमाले महाधिवेशनका नेपाल – ओली पक्षका अमेदवार

असार २६,काठमाडौ –

नेकपा एमालेको भोली हुने निर्वाचनका लागी आज  दुवै पक्षले प्यानल सहित उम्मेदवार सार्वजनिक गरेका छन् । बरिष्ठ नेता  माधवकुमार नेपाल  पक्षले झलनाथ खनाल पक्षलाई समेत समेटेर  प्यानल घोषणा गरेको छ ।

त्यस्तै ओली पक्षले अध्यक्ष सहित १४ पदाधिकारी सहित १ सय ५८ सदस्यीय केन्द्रीय समितिको प्यानल घोषणा गरेको हो । नेपाल पक्षले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित , राजेन्द्रप्रसाद पाण्डे र महासचिवमा सुरेन्द्र पाण्डेलाई उठाउने घोषणा गरेको छ ।

उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल छन् । सचिवमा गोकर्ण बिष्ट, योगेश भट्टराई, परशुराम मेघी गुरुङ, भीम आचार्य र बेदुराम भुसालको नाम घोषणा गरिएको छ । नेपाल ओली पक्षको  प्यानलमा पर्ने केन्द्रीय सदस्य र बैकल्पिक केन्द्रीय सदस्यहरुको नाम पनि टुंगो लगाइसकेको छ ।

त्यस्तै बरिष्ठ नेता केपी वली पक्षले उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद साह, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल सहित आफ्नो प्यानल अघि सारेको छ ।

त्यस्तै सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ छन् । त्यस्त्तै ली पक्षको  प्यानलमा पर्ने केन्द्रीय सदस्य र बैकल्पिक केन्द्रीय सदस्यहरुको नाम पनि टुंगो लगाइसकेको छ । भोली बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान शुरु गर्ने निर्वाचन आयोगको तयारी छ ।