पहिचान पक्षधर दलहरुको संयुक्त मोर्चाको घोषणा

असार २६,काठमाडौ  –

एकीकृत माओवादीसहित सात दल सम्मिलित ‘संघिय गणतान्त्रीक मोर्चा’को घोषणा गरेका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा जारी पत्रकार सम्मेलनमा मोर्चा घोषणा गरेको माओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

संबिधानमा पहिचान पक्षधरको मुद्धा सम्बोधन गर्न दबाब दिने उद्येश्यले एकीकृत मोबादीले मोर्चाबन्दीको पहल गरेको थियो । मोर्चामा एकीकृत नेकपा माओवादीसहित मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, मधेसी जनाधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, सघीय समाजवादी पार्टी र तराई मधेस सदभावना पार्टी छन् । मोर्चाको नेतृत्व चक्रिय प्रणालीमा सबै दलले गर्नेछन् । मोर्चाले १६ बुँदे अबधारणपत्र सार्वजनिक गर्दै १२ बुँदे सहमतिसहित अहिलेसम्म भएका सहमतिहरु कार्यान्वयन गराउने उद्देश्य राखेको छ ।

मोर्चाले पहिलो सविधानसभाको राज्य पुर्नसरचना र राज्यशक्तिको बाँडफँड समिति, उच्चस्तरीय राज्यपुर्नसरचना आयोगले तयार गरेको प्रतिवेदनका आधारमा राज्यपुर्नसरचना गर्नुपर्ने अडानलाई कायम राख्ने घोषणा गरेको छ ।