आगामी वर्षको बजेट २९ गते आउने

असार २६, काठमाडौँ –

सरकारले आगामी वर्षका लागि यही असार २९ गते आइतबार बजेट सार्वजनिक गर्ने भएको छ । बिहबिार बसेको व्यवस्थापिका–संसद् बैठकमा सभामुख सुवास नेम्वाङले आइतबार आर्थिक वर्ष २०७१÷०७२ का लागि राजस्व र व्यय विवरण प्रस्तुत हुने जानकारी गराएका हुन् । अर्थ मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाउँँदै सभामुख नेम्वाङले आइतबार अपरान्ह चार बजे अर्थमन्त्री रामशरण महतले बजेट भाषण गर्ने भन्दै संसद् बैठक अगावै उपस्थित हुन सांसद्लाई निर्देशन दिए । यसैबीच, आजको संसदको बैठकमा अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७०÷०७१ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

यसैबिच  बैठकमा अर्थमन्त्री डा. रामशरण महतले व्यवस्थापिका–संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७०÷७१ को आर्थिक सर्वेक्षण पेस गरेका थिए  ।  आजै संसदमा समय सभासदहरुले विभिन्न सामाजिक सरोकार विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् ।  सांसद अर्जुनप्रसाद जोशीले वैदेशिक रोजगारीमा जाने कामदारहरुको समस्या सम्बोधनका लागि सरकारले यथोचित कदम चाल्न नसकेको गुनासो गरे ।