कार दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

असार २६, चितवन-

नारायणगढ–मुग्लिङ सडकखण्डको घुमाउनेमा कार दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा९च ७७८८ नम्बरको कार आज बिहान सडकबाट झन्डै ६० मिटर तल खस्दा कारमा सवार काठमाडौँ धापासी बस्ने ४० वर्षीय चिजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै तनहुँ सप्तगण्डकी नगरपालिका–२ बस्ने ३० वर्षीय कार चालक देवन थापा र सोही ठाउँ बस्ने २९ वर्षीय सुनिल बसौला घाइते भएका छन् ।

उनीहरूको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।