हमास विरुद्धको कारवाही तिब्र पार्ने ईजरायलको चेतावनी

असार २६, काठमाडौँ –
ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्ह्युले प्यालेष्टानको गाजापट्टीमा रहेका हमासका कार्यकर्ता विरुद्धको कारवाही झनै तिब्र पार्र्ने चेतावनी दिएका छन् ।  उनले बारम्बार रकेट आक्रण गरेर आफ्नो देशमाथि धावा बोलेको भन्दै हमासले त्यसको मुल्य महङगो चुकाउनु पर्ने चेतावनी दिएका हुन् ।

रकेट आक्रमणको प्रतिउत्तरमा ईजरायलले प्यालेष्टानको गाजापट्टीमा गरेको हवाई आक्रमणपछि पुन हमासले ८२ वटा रकेट विभिन्न ईलामा प्रहार गरेको छ । ईजरायलको हवाई आक्रमणमा ५० जना प्यालेष्टानी नागरिक मारिएको रिर्पोटहरु सार्वजनिक भएका छन । यस्तै १ सय ५० भन्दा बढीको घाईते भएका छन ।

हमासले ईजरायली सेनाले सर्वसाधरणमाथि लक्षित गरी आक्रमण गरेकाले आफुहरुले पनि ईजरायलका सबै नागरिकलाई निशाना बनाउने घोषणा गरेको छ । यता प्यालेष्टानी राष्ट्रपति महोम्मद अब्बासले आफ्नो देशमाथी भईरहेको हवाई हमला तत्काल रोक्न ईजरायलसंग आग्रह गरेका छन्  ।