महासंघ र एशोसिएटविच छलफल

असार २५,काठमाडौँ – नेपाल पत्रकार महासंघ र एशोसिएट संस्थाका अध्यक्षविच बुधवार छलफल भएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा भएको छलफलमा एशोसिएट संस्थाका दश अध्यक्ष एवं प्रतिनिधीहरुको सहभागीता थियो ।
आगामी २९ असारमा हुने महासंघको केन्द्रिय बैठकले महासंघको तीनवर्षे कार्ययोजना तयार पार्दैछ । कार्ययोजना तयार पार्नु अगाडी एशोसिएट संस्थाहरुको सुझाब संकलन गर्दै कार्यक्रम तयार पार्न र एशिसिएट संस्थाका मुद्दालाई समावेश गर्ने उद्देश्यले छलफल आयोजना गरिएको अध्यक्ष विष्टले बताए ।
अध्यक्षविष्टले एशोसिएट संस्थाका प्रतिनिधीवाट आएका सुझाबहरुलाई आगामी कार्यक्रममा समावेश गर्ने र संगै सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
छलफलमा महासंघले आगामी कार्यक्रम तय गर्दा एशिसिएट संस्थाहरुको भुमिका र जिम्मेवारीलाई बोध गराउन सुझाब दिईएको थियो । छलफलमा पत्रकारिता तथा अनुसन्धान केन्द्रका अध्यक्ष तेज प्रकाश पण्डितले विगतमा महासंघले एशोसिएट संस्थालाइ भेदभाव गरेको भन्दै आगामी कार्यक्रममा उचित भुमिका दिन आग्रह गरे । एभरेष्ट प्रेश क्लबका अध्यक्ष शिब कुमार खड्काले प्रेश स्वतन्त्रताको विषयमा एशोसिएट संस्थाको भुमिका महत्वपुर्ण रहेको जानकारी दिदै पत्रकारको क्षमता अभिबृद्धि कार्यक्रममा एशोसिएटका प्रतिनिधीलाई सहभागी गराउन सुझाब दिए ।
त्यस्तै नेपाल दक्षिण एशियाली खेलकुद पत्रकार संघका अध्यक्ष समज्ञराज लाकौलले महासंघकै ईतिहासमा पहिलोपटक एशोसिएट संस्थाका प्रतिनिधीसंग कार्यक्रमका विषयमा छलफल भएको बताए । छफलमा महासंघका उपाध्यक्ष अनिता बिन्दु, सचिब ध्रुव लम्साल, सदस्यद्धय प्रदिप न्यौपाने र प्रकाश तिमल्सेनाले एशोसिएटका मुद्दालाई आफ्नो कार्यकालमा स्थापित गर्ने धारणा राखे ।
छलफलमा उपाध्यक्ष खील बहादुर भण्डारी, महासचिब उजिर मगर, सचिब संगीता खड््का, कोषाध्यक्ष सुर्यमणी गौतमको उपस्थिती थियो ।