ब्राजिलको पराजयसँगै नेपाली फ्यानद्वारा आत्महत्या

असार २५, इटहरी –  ५ पटकको विश्कविजेता टोली ब्राजिलले गएराती सम्पन्न खेलमा लज्जास्पद हार बेहोरेको भन्दै ब्राजिलकी नेपाली सर्मथकले आत्महत्या गरेकी छिन् ।  सुनसरी भरौल ९ की १५ वर्षीया किशोरी प्रज्ञा थापाले आफुनो टिमले पराजय बेहोरेको पिडामा आज बहिान आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ ।कक्षा १० मा अध्ययनरत प्रज्ञा जर्मनीसँग ब्राजिल हारेपछि निकै हतास देखिएकी र अरुले जिस्क्याएपछि आत्महत्याब्राजिलको पराजयसँगै नेपाली फ्यानद्वारा आत्महत्या गरेकी हुन् ।

विहान  हजुरबुबा र हजुरआमा मात्रै घरमा भएको बेला प्रज्ञाले आत्महत्या गरेको प्रहरीको भनाइ छ । गाउँमा गएर रातिको खेलको विषयमा कुरा गर्दै सबैले उनलाई जिस्क्याएपछि पढ्न भनेर कोठामा छिरेको त्यहीँ आत्महत्या गरेको उनका हजुरबाले जानकारी दिएको प्रहरीले जनाएको छ । प्रज्ञाका बुबा वैदेशिक रोजगारीका क्रममा विदेशमा हुनुहुन्छ । बुधबार बिहान भएको खेलमा विश्वकप आयोजक ब्राजिल जर्मनीसँग ७ १ ले पराजित भएको थियो। सेमिफाइनल म्याच हेरेकी उनी बिहान ७ ३० सम्म ुमेरो टोली हार्‍यो भनेर दुखमनाउ गरेको परिवारिक स्रोतले जनाएको छ।