प्रम कोइरालालाई आज पाँचौ पटक थेरापी दिइदै

असार २५, काठमाडौँ –

अमेरिकामा उपचार गराइरहनु भएका प्रधानमन्त्री सुशील कोइरालालाई आज पाचौं पटकको रेडियो थेरापी दिइने भएको छ । प्रम कोइरालाको चौथो पटकको रेडियो थेरापी पनि सहज ढंगले सम्पन्न भएको र आज पाँचौ पटकको थेरापी दिन लागीएको कोइरालाका निजी चिकितसकलाई उद्धित गर्दै प्रमका पे्रस सल्लाहाकार प्रकाश अधिकारीद्धारा जारी विज्ञप्तीमा उललेख गरिएको  छ । कोइरालाको उपचारमा संलग्न चिकित्सकहरुले पाँचौ पटकसम्म रेडियो थेरापी लिनुपर्ने सुझाव दिएसँगै कोइरालाको अमेरीका बसाई लम्बिएको हो ।

डा. योगीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो  छ । पाँचौ पटकको रेडियो थेरापी सम्पन्न भएपछि उहाँको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अवस्थाको पुनरावलोकन गर्नुहुनेछ । चिकित्सकहरुको सल्लाह पछि मात्र उहाँको नेपाल फर्कने समय तय हुनेछ । प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ्ग क्यान्सर सेन्टरमा उपचार भैरहेको छ ।

सिटी स्क्यान रिपोर्टमा उहाँको फोक्सोमा सेतो दाग देखिएपछि डा. योगी सहितको नेपाली चिकित्सक टोलीले कोइरालालाई विशेष सुविधा सम्पन्न अस्पतालमा स्वास्थ्य जाँच गर्न उपयुक्त हुने सल्लाह दिएको थियो । चिकित्सकहरुको सल्लाह अनुसार उहाँ यही असार २ गते स्वास्थ्योपचारको लागि अमेरिका प्रस्थान गर्ने कायक्रम तय भएको प्रस सल्लाहकार अधिकारीले जानकारी दिए ।