सेनाले सुरु गर्यो मल्टिमिडिया र श्रब्य दृश्यमा पढाइ

असार २५, काठमाडौ । नेपाली सेनाद्वारा सञ्चालनमा रहेका विद्यालय र महाविद्यालयमा  आधुनिक प्रविधिको प्रयोग गरी श्रब्य दृश्यको माध्यमबाट पठनपाठन कार्य सुरु गरिएको छ । नेपाली सेनाको कल्याणकारी बोर्ड मातहत भक्तपुरको सल्लाघारी, काठमाडाँैको विजेश्वरी र बाँसबारीसहित मुलुकका पाँचौँ विकास क्षेत्रमा सञ्चालनमा रहेका आठ वटा विद्यालय र महाविद्यालयमा अहिले सात हजार ४८३ को सङ्ख्यामा छात्रछात्रा अध्ययनरत  छन् । नेपाली सेनाले २०३५ सालबाट शिक्षण संस्था खोलेर पठनपाठनको कार्य सञ्चालनमा ल्याउन सुरु गरेको हो ।     युग सुहाउँदो व्यवहारिक, गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गरी माध्यमिक र उच्च माध्यमिक तहको शिक्षा प्रदान गर्ने शिक्षण संस्थाका माझमा अब्बल संस्थाका रुपमा परिचय गर्न नेपाली सेनाले स्थापना गरेका शिक्षण संस्थाहरु सफल हुँदै आएका छन् ।

कल्याणकारी बोर्ड मातहत क्षेत्रगत रुपमा पूर्वाञ्चलको धरान, मध्यमाञ्चलको चितवन, पश्चिमाञ्चलको पोखरा, मध्यमश्चिमाञ्चलको सुर्खेत र सुदूरपश्चिमाञ्चलको धनगढीमा  त्यस्ता शिक्षण संस्था सञ्चालनमा छन् ।    नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र गैरसैनिक नागरिकका जेहेन्दार सन्तानलाई आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गरी अनुशासित, देशभक्त, प्रतिभाशाली र राष्ट्रिय जनजीवनका विविध क्षेत्रमा नेतृत्व प्रदान गर्न सक्ने योग्य नागरिरक उत्पादन गर्नु ती संस्थाको मुख्य उद्देश्य रहेको बताइएको छ । कक्षा ६ देखि स्नातक तहसम्म पढाइ हुने उक्त महाविद्यालयमा  दुई हजार २३९ विद्यार्थीमध्ये एक हजार ४४८ छात्र र ७९१ छात्रा रहेको प्राचार्य शमिम अनवर शमिमले जानकारी दिनन् । विद्यालय तहका सबै कक्षा दिवा सेवामा पठाइ हुने उक्त महाविद्यालयमा उच्च माध्यमिकतर्फ विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायको पढाइ हुँदै आएको विद्यालयले जनाएको छ ।