लज्जास्पद हार बेहोर्दै ब्राजित बाहिरीयो, जर्मनीको फाइनल यात्रा सुरक्षित

असार २५, काठमाडौँ –

५ पटकको विश्वकप बिजेता ब्राजिल विश्वकपबाट बाहिरीएको  छ । जर्मनीसँग ७ गोलक खाई लज्जास्पद हार बेहोर्दै आयोजक ब्राजिल जारी विश्वकपबाट बाहिरिएको हो । गएराती भएको खेलमा ब्राजिलले जर्मनीर्ला ७ गोलका बिरुद्ध केवल खाता खोल्दै  १ गोल सिवाय अरु चमतकार केही गर्न सकेन । गएरातीको  जितसँगै जर्मनी फाइनलमा प्रवेश गरेको छ । अब फाइनलमा उसको भेट अर्जेन्टिना र नेदरल्याण्डस बिच हुने खेलको विजेतासँग हुनेछ ।

जर्मनीको जितमा क्रोस र सब्स्ट्यिच्यूट खेलाडी .आन्द्रे चुर्लेले दुई दुई गोल गरे । ब्राजिलविरुद्ध एक गोल गरेका मिरोस्लाभ क्लोस विश्वकपमा सबैभन्दा बढि गोल गर्ने खेलाडी बने । उनले ब्राजिलकै रोनाल्डोको नाममा रहेको १५ गोलको रेकर्ड तोड्दै १६ गोल पुर्याए । जर्मनीका थोमस मुलरले जारी विश्वकपमा ५ गोल गर्दै कोलम्बियाका रोड्रिग्जलाई पछ्याइरहेका छन् ।

११ औँ मिनेटमा मुलरको गोलबाट खाता खोलेको जर्मनीले पहिलो हाफमा ५ गोल गर्यो । ६ मिनेटको अवधिमा ४ गोल खाएको ब्राजिलको डिफेन्स लाइन अत्यधिक कमजोर हुँदा दोस्रो हाफमा पनि गोल रोक्न सकेन । ब्राजिलका ओस्कारले एउटा सान्त्वना गोल फर्काए । आजको सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्याड्सबीच खेल हुँदैछ ।