भुपू विद्यार्थीको पहलमा ई-लाइब्रेरी

असार २४ , बाग्लुङ –
आफूले पढेको पहिलो स्कूलको सम्झना सबैलाई जीवनभरी भइ नै रहन्छ । अझ स्कूललाई आर्थिक सहयोग गर्न सके सुनमा सुगन्ध भन्ने संस्कारको पनि विकाश हुन थालेको छ । यही क्रममा बाग्लुङ काँडेवासको जनजागृति उच्च माविका पूर्व विद्यार्थीले ई–लाइब्रेरी स्थापनाका लागि नौ लाख रुपैयाँ संकलन गरेका छन् ।

नेपाल बाहिर बिभिन्न देशमा रहेका पूर्व विद्यार्थीले विद्यालयमा ई लाइब्रेरी स्थापनाका लागि रकम संकलन अभियान चलाएका हुन् । विभिन्न देशमा बाग्लुङ बाट अध्ययन र रोजगारका लागी गएका ब्यक्तिहरुले गरेको सहयोग रकम अहिलेसम्म ९ लाख ६ हजार २ सय ६ रुपैयाँ संकलन भएको बाग्लुङका सोमनाथ सापकोटाले जानकारी दिए ।

आफूले पढेको विद्यालयमा केही गरौं भनेर चलाइएको अभियानलाई निरन्तरता दिने सापकोटाले बताए । सापकोटाले अरुले पनि यस्तै अभियान चलाएर आफ्नो गाउँठाउँलाई सहयोग गर्न सुझाव दिदै सडकलन भएको रकम जनजागृति उच्च मावि काँडेबासका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकीलार्य हस्तान्तरण गरिने जानकारी दिए ।