संविधान निर्माण सरकारको मुख्य जिम्मेवारी : उपप्रानमन्त्री सिंह

असार २४ , काठमाडौँ –

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्नु नै वर्तमान सरकारको प्रमुख काम भएको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाद्वारा आज यहाँ आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अघिल्लो संविधानसभाले संविधान निर्माणका लागि तयार गरेका महत्वपूर्ण दस्तावेजलाई अहिलेको संविधानसभाले अपनत्व ग्रहण गर्दै नयाँ संविधान लेखनको कार्य सुरु गरेको बताए ।

एक वर्षभित्रमा संविधान जारी गर्न तयार भएको कार्यतालिकाअनुरुप काम भइराखेको जानकारी दिए । उपप्रधानमन्त्री सिंहले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २४० वटै निर्वाचन क्षेत्रमा रु पाँच करोड विनियोजनका लागि सांसदहरूले माग गरिरहनुभएको छ, यस विषयलाई नेकाले गम्भीरतापूर्वक लिएको बताए ।

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरित हुने गरी कुनै ऐन तथा विधेयक नल्याउने स्पष्ट परे । नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रिया पूरा गर्न नेपाली सञ्चारमाध्यमले खेलेको भूमिका अहम् रहेको  चर्चा समेत गरेका थिए ।