एमाले अध्यक्षको प्रतिवेदन पारित, विधान संशोधनको बिलम्बका कारण प्यानल घोषणा प्रभावित

असार २४ , काठमाडौँ –

नेकपा एमालेको महाधिवेशनमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । बन्दसत्रले सुझावसहित प्रतिवेदन पारित गरिएको युवा नेता ठाकुर गैरेले जानकारी दिए । गैरेका अनुसार  अध्यक्ष खनालले सबै सुझावहरुलाई दस्तावेजमा समेट्ने प्रतिवद्धता जनाएका छन् ।

यसैबीच नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएपछि नेपाल र ओली समूहले आफ्ना पदाधिकारी र केन्द्रीय सदस्यको प्यानल निर्माणको तयारी गरिरहेका छन् । तर बन्दसत्रबाट विधान संशोधन हुन बाँकी रहेकाले एकमुष्ट प्यानल बन्न सकिरहेको छैन ।

विधान संशोधनको प्रस्ताव विद्यमान पदाधिकारीको सङ्ख्या बढाएर १५ बनाउने र केन्द्रीय कमिटीको सङ्ख्या एकसय ४९ बनाउने उल्लेख छ । सो प्रस्ताव कुन रुपमा पारित हुन्छ भन्ने निश्चित नहुँदा कुन पदमा कुन समूहले कति को को उम्मेदवार बनाउने भन्ने निर्णय हुन सकेको छैन ।