भियतनाम हेलिकोप्टर दुर्घटनामा सोह्र सैनिकको मृत्यु

असार २४, काठमाडौँ ।

भियतनाममा सोमबार भएको सैनिक हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको  छ । सैनिक स्रोतले सो दुर्घटनामा परी १६ जना सैनिकको मृत्यु हुनुको साथै अरु पाँचजना नराम्ररी घाइते भएका छन् । सो हेलिकोप्टरमा रहेकामधये ती सैनिकको मृत्यु हुनुको साथै पाँचजना घाइते भएको बिबिसीले जनाएको  छ ।

रसियामा बनेको एमआई १७१ हेलिकोप्टर सैनिक तालिमका क्रममा सोमबार बिहान राजधानी हनोईमा दुर्घटनामा परेको सैनिक अधिकारीहरुले जनाएका छन् । सो हेलिकोप्टरबाट सैनिक अधिकारीहरुलाई प्यारासुटसम्बन्धी तालिम दिइएको थियो । तालिमकै क्रममा सो दुर्घटना परेको हो ।