एमाले महाधिवेशन लम्बिने, दुवै पक्षको प्यानल आज घोषणा हुँदै

असार २४, काठमाडौँ ।

राजधानिको भृकुटिमण्डपमा जारी नेकपा एमालेको नवौं महाधिवेसनको बन्द सत्र जारी रहेका बेला सहमतिको सम्भावना कम भएपछि  मतदानबाटै नयाँ नेतृत्व चयन गरिने भएको छ । अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली समूहले आज नेतृत्वका लागि प्यानल घोषणा गर्ने तयारी गरेको छ । आज बन्द्यसत्रमा पेश भएका प्रतिवेदन माथिको समुहगत छलफलको निस्कर्ष पेस गर्ने काम सकिएपछि चुनावी प्रक्रिया सुरु केन्द्रिय सदस्य ठाकुर गैरेले जानकरी दिए ।

महाधिवेसन आज सक्ने कार्यतालिका भएपनि कम्तिमा दुईदिन लम्बिने भएको छ । वरिष्ठ नेता नेपाल समूहले वर्तमान अध्यक्ष झलनाथ खनालले आफूलाई समर्थनमा संयुक्त समूहको घोषणाको तयारी गरेको छ ।  ओली पक्षले छुट्टै प्यानलको घोषणा गरेको छ यसअघि भोटिङ मेसिनबाट मतदान गर्ने भनिएपनि वरिष्ठ नेता माधव नेपालले नमानेपछि त्यसो नहुने भएको छ । जसका कारण मतदान र मतगनणामा समय लाग्ने हुँदा महाधिवेसन लम्बिने भएको हो ।