१९ वटा समूहले महाधिवेशन दस्तावेज माथि छलफल गर्ने

असार २२, काठमाडौ–  नेकपा एमालेको नवौा महाधिवेशनको वन्दसत्रमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनमाथि छलफलका गर्न प्रतिनिधिहरुलाई १९ वटा समूहमा वाडिएको छ ।
निर्वाचन तथा सहमतिवाट टोली नेता छानेका ती समूहले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन, सचिव युवराज ज्ञवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नेछन् ।
समूह विभाजन अञ्चल र अन्य प्रतिनिधि समूहलाई मिलाएर गरिएको छ । महाधिवेशनमा मनोनीत प्रतिनिधिबारे  स्थायी कमिटीले निर्णय नगर्ने भएको छ । यसले मनोनीत प्रतिनिधि भई केन्द्रीय कमिटीमा उम्मेदवारी दिने आशामा रहेका कार्यकर्ता भने अन्योलमा परेका छन् ।