इराकमा समस्यामा परेका नागरिक फिर्ता ल्याउन भारतको पहल तिब्र

२२ असार, काठमाडौँ ।

भारतले इराकमा समस्यामा परेका नागरिक फिर्ता ल्याउने क्रमलाई तीव्रता दिएको छ ।  शनिवार १ सय भन्दा बढीलाई नागरिकलाई स्वदेश फिर्ता गरेको भारतले आज २० जनालाई फर्काउने कदम चालेको भारतीय परराष्ट मन्त्रालयले जनाएको छ । आइतबार ईराक एयरवेजको विशेष बिमानले थप २ सय भारतीय नागरिक लिएर आउने बताईएको छ ।
भारतको विदेश मन्त्रालयले अरु ४ सय जनालाई पनि फकाउन पहल भईरहेको जनाएको छ । ईराकमा आई एस आई एस सम्बद्ध विद्रोहीले ईस्लामिक राज्य कायम गर्न आक्रमण तीव्र पारेपछि विभिन्न भागमा विदेशी नागरिकहरु अलपत्र परेका छन् ।